नेपाल इन्भेष्टमेन्ट बैंकको निष्क्रिय कर्जा बढेपछि नाफामा दबाब, घट्यो इपीएस

Nov 15, 2019 07:36 AM Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.९३ प्रतिशत कम हो। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेपछि नाफा घट्न पुगेको देखिन्छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १.२१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको यसै अवधिसम्ममा १.६३ प्रतिशत बिन्दु बढेर २.८४ प्रतिशत पुगेको छ। चुक्ता पूँजी स्थिर रहेपनि बैंकको खुद नाफा घटेपछि प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३८ पैसा घटेर २६ रुपैयाँ २५ पैसा कायम भएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५२ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ करोड ६५ लाख कम हो। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३० करोड ३ लाख घटेर १ अर्ब २० करोड ६३ लाखमा खुम्चिएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख रहेको छ। बैंकले जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख, रिटेन्ड अर्निङ्गमा २ अर्ब ९० करोड ९० लाख र शेयर प्रिमियममा १० करोड ५६ लाख रुपैयाँ सञ्चित गरेको छ।

चालु आवको प्रथम त्रैमाससम्ममा बैंकले १ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ रहेको छ।

गत आवको असोज मसान्तको तुलनामा बैंकको प्रतिशेयर नेटवर्थ ४२ रुपैयाँ ४९ पैसा घटेर २०४ रुपैयाँ ४४ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.८८ गुणा कायम भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।