कुमारी बैंकको सन्तुलित प्रगति, १४ प्रतिशत बढ्यो नाफा

Nov 15, 2019 08:48 AM Merolagani

कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सन्तुलित प्रगति गरेको छ। सो अवधिसम्ममा बैंकले ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४.२६ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको प्रथम त्रैमासको अन्त्यसम्ममा बैंकले ३५ करोड १८ लाख खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको यस बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड १७ लाख रुपैयाँ र शेयरधनी कोषमा २७ करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ४८ लाख रुपैयाँ रहेको छ।

असोज मसान्तसम्ममा ७८ अर्ब ३० करोड २८ लाख निक्षेप सङ्कलन गरेको यस बैंकले ७७ अर्ब २४ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ९१ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा १० करोड ८ लाख रुपैयाँ बढी हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६ करोड ६२ लाख रुपैयाँ बढेर ५६ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

बैंकको निष्क्रिय कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा ०.०९ प्रतिशत विन्दु घटेर १.०५ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६३ पैसा बढेर १६ रुपैयाँ ८३ पैसा कायम भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.७५ गुणा रहेको छ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।