नेपाल बंगलादेश बैंकको नाफा ३३% वृद्धि, प्रतिशेयर आम्दानीमा ५ रुपैयाँ सुधार

Nov 15, 2019 10:56 AM Merolagani

नेपाल बंगलादेश बैंक (NBB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तलुनामा ३३.३२ प्रतिशतले धेरै हो।

गत वर्षको यहि अवधिमा बैंकले ३० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य नाफा भने १४ करोड ८६ लाख रुपैयाँ छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल २५ करोड ३८ लाख ८५ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।

यस अवधिमा बैंकले ५८ अर्ब ३७ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २६ र कर्जा लगानी विस्तार १५ प्रतिशतले सुधार भएको हो। 

त्यसबाट बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.३३ प्रतिशतले सुधार भएको छ। गत आवको प्रथम त्रैमासको तुलनामा बैंकको सञ्चालन मुनाफा २४ प्रतिशतले बढेर ५५ करोड ९४ लाख पुगेको छ

चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। पूँजी स्थीर रहेको यस बैंकको यस अवधिमा जगेडा कोषमा भने १२ प्रतिशत धेरैले गिरावट आएको देखिन्छ।

गत आवको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा रहेकोमा ४ रुपैयाँ ९८ पैसाले बढेर चालु आवको यसै अवधिमा वार्षिक  १९ रुपैयाँ ९१ पैसा कायम भएको हो।

बैंकको खराब कर्जा अनुपात ०.४२ प्रतिशतले बढेर १.९७ प्रतिशत पुगेको छ। यस्तै प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १०.२५ गुणा रहेको छ। बैंकको आधारदर ९.८७ प्रतिशत र कर्जा निक्षेप आम्दानी ७५.७३ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर १०.२० प्रतिशत, कोषको लागत ७.४३ प्रतिशत रहेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।