चिलिमे हाइड्रोको नाफा घट्यो, प्रतिशेयर आम्दानीमा ८ रुपैयाँ ७९ पैसा गिरावट

Nov 15, 2019 12:00 PM Merolagani

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। विद्युत बिक्री घटेपछि चिलिमेको नाफामा गत वर्षको सोही अवधिको तुलनामा १८.९९ प्रतिशतले गिरावट आएको हो।

गत आवको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री मार्फतको आम्दानी घट्नुका साथै कम्पनीको समग्र खर्च बढ्दा नाफामा गिरावट देखिएको हो। हाइड्रोको सञ्चालन नाफा गत वर्षको तुलनामा १३.१५ प्रतिशतले घटेको छ।

यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत् ३५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २.९४ प्रतिशतले आम्दानी कम हो। गत आवमा कम्पनीले विद्युत विक्री मार्फत् ३६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्ता पूँजी २० प्रतिशतले बढाएको कम्पनीको नाफा घट्दा प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७९ पैसाले घटेर १८ रुपैयाँ २४ पैसा कायम भएको छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष २७ रुपैयाँ ०३ पैसा थियो। 

कम्पनीले अघिल्लो आवमा २० प्रतिशत बोनसबाट पूँजीवृद्धि गरेको थियो। पूँजी वृद्धिको अनुपातमा खुद मुनाफा बढ्न नसक्दा त्यसको असर इपिएसमा देखिएको हो।

गत आवको प्रथम त्रैमासको तुलनामा कम्पनीले टर्म डिपोजिट ४६ प्रतिशत धेरै अर्थात एक अर्ब ५१ करोड जम्मा गरेको छ भने बैंक मौज्दात रकम ८३ प्रतिशतले घटाएर ३ करोड २३ लाख मात्र सञ्चित राखेको छ।

यस कम्पनीले अन्य विभिन्न कम्पनीमा ५ अर्ब ९३ करोड लगानी गरेको छ भने कर वापतको खर्च पनि ५० प्रतिशतले बढेर ५ करोड ५६ लाख पुगेको छ।

चुक्ता पूँजी बढाएर ४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ पुर्याएको कम्पनीको शेयरधनी कोष  ४८ करोड १७ लाख अर्थात् ९.१९ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड ९९ लाख रुपैयाँमा सीमित बनेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ०४ पैसा र मूल्य आम्दानी अनुपात २३.१८ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।