सुन र चाँदीको भाउ घट्यो

Nov 15, 2019 11:33 AM merolagani

पछिल्लो समय लगातार उच्च रुपले बढीरहेको सुन र चाँदीको भाउ कार्तिक २९ गते शुक्रबार सामान्य घटेको छ। कार्तिक २२ गतेदेखि बढ्न थालेको सुनको भाउ कार्तिक २९ गते भने घटेको हो।

शुक्रबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन बिहीबार छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन सुनसँगै चाँदीको भाउ पनि घटेको छ। शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।