एलआईसीको कुल बीमा शुल्क ४ अर्ब माथि,४४.५० प्रतिशत बढ्यो

Nov 15, 2019 11:30 AM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ४ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४४.५० प्रतिशतले बढी हो।

गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले २ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले यस अवधिमा ४ अर्ब १७ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमा शुल्क पनि गत वर्षको यहि अवधिको तुलनामा ४४.५० प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा २ अर्ब ८९ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट एक अर्ब ८ करोड ३० लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत ४७ लाख २३ हजार र बीमालेख धितोमा १० अर्ब ९६ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेर २९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा भने ५१.५५ प्रतिशतले घटेर २ करोड २६ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यही अवधिमा इन्स्योरेन्सले ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानी बढेपनि खर्च बढ्दा खुद नाफामा गिरावट देखिएको हो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ३४.४६ प्रतिशत बोनस वितरण पछि चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ पुर्याएको छ । इन्स्योरेन्सको जगेडा कोषमा ४२ करोड २२ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५७ अर्ब ८० करोड ४२ लाख रुपैयाँ र महा बिपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ।

कुल ७ लाख ४९ हजार ८८४ बीमालेख कायम रहेको इन्स्योरेन्सले यस अवधिमा ३ हजार ३१६ वटा दाबी वापत ९२ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात ८३८.६७ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।