गत आवमा कम्पनीले ९६ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्री घटेपनि कम्पनीले सम्पूर्ण खर्च व्यवस्थापन गर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा सामान्य सुधार देखिएको हो।
यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत् एक करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशतले घटेको हो। गत आवमा कम्पनीले विद्युत बिक्री मार्फत् एक करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्ता पूँजी ५० करोड १० लाख बाट ५३ करोड ११ लाख रुपैयाँ पुर्याएको कम्पनीको जगेडा कोषमा ३ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।
प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात १५८.७९ गुणा छ।