सेन्ट्रल फाइनान्सको नाफा ४०% ले सुधार हुँदा कति पुग्यो प्रतिशेयर आम्दानी?

Nov 15, 2019 12:10 PM Merolagani

सेन्ट्रल फाइनान्स(CFCL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४०.२७ प्रतिशतले बढाएर २ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानीमा सुधार भएको छ। फाइनान्सको प्रतिशेयर आम्दानीमा ४ रुपैयाँ १ पैसाले सुधार भई १४ रुपैयाँ २६ पैसा कायम भएको छ ।

गत वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ १६ पैसा कायम भएको थियो।

चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १९ करोड एक लाख, शेयरधनी कोषमा चार करोड ७६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा तीन अर्ब ७६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले तीन अर्ब १३ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ ।

यस अवधिमा फाइनान्सले ५ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी एक करोड १७ लाख रुपैयाँ अर्थात २९.४२ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको प्रथम तैमासमा चार करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सको खराब कर्जा ०.७१ प्रतिशतबाट बढेर १.२८ प्रतिशत पुगेको छ। फाइनान्सको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा छ भने मूल्य आम्दानी अनुपात ७.५१ गुणा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।