गुराँस लाइफको खुद नाफामा ३१ प्रतिशत वृद्धि, खुद बीमा शुल्कमा पनि सुधार

Nov 15, 2019 02:41 PM Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको प्रथम तैमासको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको पहिलो तीन महिनामा दुई करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले ४४ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा एन्स्योरेन्सको खुद बीमा शुल्क ९ करोड ३९ लाख रुपैयाँले बढी हो।

गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३५ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ९८ लाख, जीवन बीमा कोषमा ६ अर्ब २३ करोड ९८ लाख र महाविपत्ती कोषमा तीन करोड ९१ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट १५ करोड ११ लाख रुपैयाँ, बीमालेख धितोमा एक करोड दुई लाख रुपैयाँ कर्जा लगानी गरेरको छ ।

यस अवधिमा इन्स्योरेन्सले २२ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा तीन करोड ५८ लाख रुपैयाँले धेरै हो । गत आवको प्रथम तैमासमा इन्स्योरेन्सले १९ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले ७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४६ लाख रुपैयाँ असमाप्त जोखिम व्यवस्थापन गरेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ छ । इन्स्योरेन्सको मुल्य आम्दानी अनुपात २६.२९ गुणा बढी छ। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।