बिओकेको खुद नाफा घट्यो, वितरण योग्य नाफा १८ करोड ७६ लाख

Nov 15, 2019 01:25 PM Merolagani

बैंकको अफ काठमाण्डू (BOKL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ। बैंकको खुद नाफा ०.८० प्रतिशत अर्थात १० लाख २५ हजार रुपैयाँले कम हो।

  गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा भने १८ करोड ७६ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल १९ करोड ६१ लाख ५ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।

बैंकले समीक्षा अवधिमा ८५ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने खुद व्याज आम्दानी ९७ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ।

बैंकको निक्षेप संकलन ३.७० प्रतिशत र कर्जा लगानी २.८५ प्रतिशतले सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले ८२ अर्ब ७२ करोड निक्षेप संकगलन गरी ७० अर्ब ४७ करोड कर्जा प्रवहा गरेको थियो।

चुक्ता पूँजी आठ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ संचित छ। यस्तै बैंकको रिटेन्ड अर्निङ्ग एक अर्ब ४१ करोड ८६ लाख रुपैयाँ छ।

पूँजी वृद्धिको अनुपातमा नाफा वृद्धिको प्रतिशत न्यून हुँदा बैंकको प्रतिशेयर आम्दानी घटेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ०४ पैसा, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात ११.९२ गुणा छ। 

यस्तै पुँजीकोष अनुपात १४.२९ प्रतिशत, खराब कर्जा अनुपात १.७३ प्रतिशत, आधारदर १०.०२ प्रतिशत, कोषको लागत ७.२९ प्रतिशत रहेको छ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।