युनियन हाइड्रोपावर ७० लाख नाफामा

Nov 15, 2019 02:34 PM Merolagani

युनियन हाइड्रोपावर कम्पनी (UNHPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। 

गत वर्षको चौंथो त्रैमासम्ममा १ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले तीन महिनाको अवधिमा ७० लाख ६० हजार खुद नाफा कमाएको हो।  

समीक्षा अवधिमा हाइड्रोपावरले विद्युत बिक्री मार्फत २ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य स्रोत मार्फत ४ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ। कम्पनीको सञ्चालन खर्च २ करोड रुपैयाँ छ।

विवरण अनुसार हाइड्रोपावरको चुक्ता पूँजी ७५ करोड रुपैयाँ छ भने जगेडा कोष ८ करोड ७९ लाख रुपैयाँले ऋणात्मक  छ।

दोस्रो बजारमा शेयरमूल्य ५२ रुपैयाँ रहेको हाइड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक ३ रुपैयाँ ७७ पैसा छ।  कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात १५.४ गुणा छ।

युनियन हाइड्रोपावरले निमार्ण गरेको ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजनाले व्यापारिक उत्पादन गरीरहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।