गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
कम्पनीले पुर्नबीमा कमिशनबाट ४ करोड ७० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ।
इन्स्योरेन्सले यस अवधिमा ४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १०.८४ प्रतिशत अर्थात ४३ लाख ५५ हजार रुपैयाँले बढी हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पूँजी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ रहेको नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ, बीमा कोषमा ३१ करोड १८ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीले ४२ हजार ७४९ बीमालेख जारी गरी ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा कम्पनीले ४११ दाबी वापत ५ करोड ३२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ६२६ दाबी बापत ९७ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८२ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४४ पैसा र मुल्य आम्दानी अनुपात १३.८५ गुणा बढी छ।