ओरियन्टलको ४० कोठा बन्द भएपछि घट्यो नाफा

Nov 15, 2019 02:14 PM Merolagani

ओरियन्टल होटल (OHL) को नाफामा उल्लेख्य कमी आएको छ। ४० कोठाहरु पुर्ननिमार्ण लागि बन्द भएपछि ओरियन्टलले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ३१ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६७.५७ प्रतिशत कम हो।

कम्पनीले काठमाण्डौँको लाजिम्पाटमा र्‍याडिसन होटल सञ्चालन गरिरहेको छ। पर्यटन आगमनमा उल्लेख्य वृद्धि भएतापनि तारे होटलमा बस्ने पर्यटकको संख्यामा कमी आएको र नविकरणका कारण होटल अकुपेन्सी नबढेपछि होटलको आम्दानी घटेको हो।

चालु आवको प्रथम त्रैमासको अन्त्यसम्ममा होटलले व्यवसाय तथा सेवाको बिक्रीबाट १६ करोड ५६ लाख खुद आम्दानी गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा १५.८४ प्रतिशत कम हो।

असोज मसान्तसम्ममा होटलले २ करोड ७१ लाख रुपैयाँ खाद्यन्न तथा पेय पदार्थ खरिद गरेको छ भने ६ करोड ८५ लाख रुपैयाँ कर्मचारीका लागी खर्च गरेको छ।

सो अवधिसम्ममा होटलको चुक्ता पूँजी १ अर्ब ७ करोड ४३ लाख रहेको छ भने जगेडा कोष १ अर्ब २० करोड २३ लाख रहेको छ ।

खुद नाफामा ह्रास आएसँगै होटलको वार्षिक प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तमा वार्षिक १७ रुपैयाँ ३२ पैसा रहेको होटलको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा घटेर ४ रुपैयाँ ८८ पैसामा सीमित भएको छ।

होटलको प्रतिशेयर नेटवर्थ समीक्षा अवधिमा १२ रुपैयाँ २२ पैसा घटेर २११ रुपैयाँ ९१ पैसा कायम भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।