यस अवधिमा फाइनान्सले ७ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरि ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको कर्जा विस्तार गरेको छ।
फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०९ पैसा छ । उसको जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २५ पैसा छ ।
यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपात १.२४ प्रतिशतमा बढेको छ । फाइनान्सको कोषको लागत ९.७५ र आधारदर ११.९८ प्रतिशत रहेको छ।