हिमालयन जनरलको व्यवसाय खुम्चिएसँगै मुनाफा घट्यो

Nov 15, 2019 03:27 PM Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) को मुनाफा गत आवको प्रथम त्रैमासको तुलनामा घटेको छ। इन्स्योरेन्सको मुनाफा २१.२२ प्रतिशतले घटेर ३ करोड १९ लाख ८ हजार रुपैयाँमा झरेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्स ४ करोड ५ लाख ५ हजार पैयाँ नाफा कमाएको थियो । 

असोज मसान्तसम्ममा कम्पनीले ७ करोड ७८ लाख खुद बीमाशुल्क आर्जन गरेर ३ करोड १७ लाख खुद दाबी भुक्तानी गरेको छ। कम्पनीले पुर्नबीमा आयबाट ३ करोड ३५ लाख, लगानी कर्जा तथा अन्यबाट ३ करोड २५ लाख आम्दानी गरेको छ। समीक्षा अवधिमा खुद बीमाशुल्क, खुद दाबी भुक्तानी, पुर्नबीमा आय र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीमा समेत गिरावट देखिएको छ।

असोज मसान्तसम्ममा यस कम्पनीले २४ करोड ५२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिमा इन्स्योरेन्सले ४५ करोड ८५ लाख बीमाशुल्क आर्जन आर्जन गरेको थियो।

मुनाफा घटेसँगै एक अर्ब २ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३४ पैसाले घटेर १२ रुपैयाँ ४३ पैसामा झरेको छ। उसको जगेडा कोष भने ५० प्रतिशतले सुधार भई २६ करोड एक लाख पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४४ पैसा छ।

यस्तै बीमा कोषमा १५ प्रतिशतले बढेर ४ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ । असोज मसान्तसम्म कम्पनीले एक हजार ८७ संख्यामा परेको दाबी बापत ५ करोड १८ लाख ४७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने एक हजार ३३२ संख्यामा परेको १ अर्ब ५४ करोड ३० लाख ८८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।