बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सामान्य वृद्धि भएको छ। खुद ब्याज आम्दानी ६ करोड १७ लाख रुपैयाँबाट बढेर ६ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा २७ करोड ८६ लाख रुपैयाँ राखेको छ। बैंकको खराव कर्जा १.२३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेको छ।
बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ २१ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ११.४५ गुणा छ।
सिटिजन बैंकले असार २२ गते सहयोगी विकास बैंकलाई आफुमा गाभ्ने सहमति गरेको थियो। सोपश्चात सहयोगि विकास बैंकको दोस्रो बजारमा कारोबार रोक्का छ।