चार दर्जन बढी कम्पनीले एकैदिन वित्तीय विवरण प्रकाशन गर्दा लगानीकर्तालाई तनाव

Nov 15, 2019 06:28 PM Merolagani

शेयर बजारमा सूचीकृत कम्पनीहरु कतिसम्म गैरजिम्मेवार छन् भने उनीहरुले प्रकाशन गर्ने त्रैमाशिक वित्तीय विवरण लगानीकर्ता र सरोकारवालाहरुलाई जानकारी दिन हैन, नियमनकारी निकायले तोकेको नियम पूरा गर्न झाराटार्ने नियतले हुने गरेको छ।

जब एकैदिन चार दर्जन भन्दा धेरै कम्पनीले विभिन्न पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्छन भने लगानीकर्ता र सरोकारवालाहरुले ती सबैलाई अध्ययन, विश्लेषण गर्ने कति समय पाउलान् ? 

कतिपयले नामै नसुनिएका र राजधानीका पत्रिका पसलमा खोज्दा समेत नपाईने पत्रिकामा बित्तीय विवरण प्रकाशन गरेर लगानीकर्ताको सूचनाको हकको ठाडै अवमुल्यन गर्ने गरेका छन्। कयौंको बित्तीय विवरण उनीहरुको वेभसाईटमा समेत भेटिने गरेको छैन।

धन्न मेरोलगानी लगायत केही अनलाईन पोर्टलहरु छन्, जसले लगानीकर्तालाई कम्पनीहरुको बित्तीय विवरण संग्रह गरेर उपलब्ध गराईदिन्छन्। र लगानीकर्ताले चाहेको बेला वित्तीय विवरण अध्ययन गर्न पाएका छन्।

एकैदिन यसरी प्रतिवेदनहरुको ओईरो लाग्दा अध्ययन विश्लेषण गर्नेहरुले समय पनि पाउँदैनन्।कार्तिक २९ गते शुक्रबार एकैदिन शुक्रबार इन्भेष्टमेन्ट बैंक लगायतका ९ वटा वाणिज्य बैंकहरुले आफ्नो प्रगति विवरण सार्वजानिक गरेका छन भने ७ वटा विकास बैंकहरुले पनि एकै दिन वित्तीय विवरण सार्वजानिक गरेका छन।

त्यसैगरी ७ वटा हाइड्रोपावर कम्पनी, ३ वटा फाइनान्स कम्पनी, ४ वटा माइक्रोफाइनान्स, ७ वटा निर्जीवन बीमा, ८ वटा जीवन बीमा कम्पनीहरु, ४ वटा उत्पादनमूलक कम्पनी र २ वटा होटल कम्पनीगरी कूल ५१ वटा कम्पनीले एकैदिन वित्तीय विवरण सार्वजानिक गरेका हुन्। 

सूचीकृत संस्थाले त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने नियामकीय प्रावधान भएपनि एक महिनाको छुट दिँदापनि संस्थाहरुले अन्तिममा आएर मात्र वित्तीय विवरण सार्वजनिक गर्ने गरेका छन्।

कार्तिक महिनाभित्रै आफनो वित्तिय विवरण सार्वजानिक गर्नुपर्ने बाध्यतामा रहेका कम्पनीहरुले कार्तिक महिना सकिन १ दिन मात्रै बाँकी रहँदा आक्रामक रुपमा आफ्नो वित्तिय विवरण सार्वजानिक गरेका हुन्। ७ वटा वाणिज्य बैंक सहित कतिपय कम्पनीको अझै वित्तीय विवरण सार्वजनिक भएको छैन।

नियमनकारी निकायहरुले तोकेको समय अर्थात त्रैमास समाप्त भएको ३० दिन भित्र वित्तीय विवरण सार्वजनिक गरी पेश गर्नुपर्ने नियम अझै केही कम्पनीहरुले पूरा गर्ने छाँट देखाएका छैनन् । अझै पनि वित्तीय विवरण सावजानिक नगरेका कम्पनीहरुले भोलि अर्थात कार्तिक महिनाको अन्तिम दिन शनिबारसम्ममा आफ्नो वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने हुन्छ ।

वित्तीय विवरण सार्वजानिक गर्ने अघिकांश कम्पनीको नाफा बढेर सन्तोषजनक प्रगति देखिए पनि कतिपय कम्पनीहरुको भने खुद नाफा घटेको देखिएको छ।

संस्थागत सुशासन नभएका अरु केही कम्पनी छन्, जसलाई त्रैमास सकिएको ३० दिन भित्र वित्तीय विवरण सार्वजनिक नगर्दा कारबाहीमा परिए झन् हाईसन्चो हुने सोच्छन्। 

शुक्रबार सार्वजनिक भएका ५१ मध्ये ३२ कम्पनीले कस्तो गरे प्रगति ? हेर्नुहोस् विस्तृतमा मेरोलगानीले तयार पारेको समाचारबाट....... 

  1. नेपाल इन्भेष्टमेन्ट बैंकको निष्क्रिय कर्जा बढेपछि नाफामा दबाब, घट्यो इपीएस
  2. एनएमबिको नाफालाई गैर सञ्चालन आम्दानीको टेवा
  3. कुमारी बैंकको सन्तुलित प्रगति, १४ प्रतिशत बढ्यो नाफा
  4. माछापुच्छ्रे बैंकको नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी भने घट्यो
  5. सिभिल बैंकले खर्च नियन्त्रण गर्न नसक्दा नाफा घट्यो
  6. शिवम् सिमेन्ट्सको व्यवसायमा मन्दी छाएपछि मुनाफा झण्डै आधा कम
  7. युनिलिभरको खर्च बढेपछि नाफा घट्यो
  8. सेञ्चुरी कमर्सियल बैंकको प्रतिशेयर आम्दानीमा सुधार, रिटेन्ड अर्निङ्ग ६२.३३ प्रतिशतले बढ्यो
  9. नेपाल बंगलादेश बैंकको नाफा ३३% वृद्धि, प्रतिशेयर आम्दानीमा ५ रुपैयाँ सुधार
  10. बिक्री घट्दा पनि कसरी बढ्यो बोटलर्सको नाफा ?
  11. जनउत्थान सामुदायिक लघुवित्तको नाफा ११२ प्रतिशतले बढ्यो
  12. ग्रामीण विकास लघुवित्तको नाफा ३ करोड ९ लाख रुपैयाँ
  13. देवः विकास बैंकको नाफा १८ प्रतिशतले बढ्यो
  14. चिलिमे हाइड्रोको नाफा घट्यो, प्रतिशेयर आम्दानीमा ८ रुपैयाँ ७९ पैसा गिरावट
  15. एलआईसीको कुल बीमा शुल्क ४ अर्ब माथि,४४.५० प्रतिशत बढ्यो
  16. रिडी हाइड्रोपावरको नाफामा सामान्य सुधार
  17. सेन्ट्रल फाइनान्सको नाफा ४०% ले सुधार हुँदा कति पुग्यो प्रतिशेयर आम्दानी?
  18. तारागाउँ रिजेन्सीको नाफा श्रमिक आन्दोलनका कारण घट्यो
  19. गुराँस लाइफको खुद नाफामा ३१ प्रतिशत वृद्धि, खुद बीमा शुल्कमा पनि सुधार
  20. बिओकेको खुद नाफा घट्यो, वितरण योग्य नाफा १८ करोड ७६ लाख
  21. हिमालयन बैंकको खुद नाफा करिब ७ प्रतिशत बढ्यो
  22. युनाइटेड मोदीको नाफा २४ प्रतिशतले बढ्यो
  23. ओरियन्टलको ४० कोठा बन्द भएपछि घट्यो नाफा
  24. नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क करिब १६ करोड, नाफा ११% बढ्यो
  25. युनियन हाइड्रोपावर ७० लाख नाफामा
  26. गुडविल फाइनान्सको १२ करोड,खराब कर्जा अनुपातमा वृद्धि
  27. एनएलजी इन्स्योरेन्सको बीमा शुल्क घटेपनि नाफामा सुधार
  28. हिमालयन जनरलको व्यवसाय खुम्चिएसँगै मुनाफा घट्यो
  29. नेशनल लाइफकाे नाफामा ३६% वृद्धि, खुद बीमा शुल्क दुई अर्ब नजिक
  30. सिटिजन बैंकसँग गाभिन लागेको सहयोगी विकास बैंकले कस्तो गर्यो प्रगति?
  31. तिनाउ मिसन डेभलपमेण्ट बैंकको नाफा बढ्यो
  32. ग्रीन डेभलपमेन्ट बैंकको नाफा घट्यो
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।