गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३८८ प्रतिशतले बढेको हो।
एनएफआरएस प्रणाली अनुसार सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५५ लाख रहेको छ। एक अर्ब १४ करोड ४१ लाख ६८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर १३ रुपैयाँ ६७ पैसा छ ।
बैंकको रिटेन्ड अर्निङमा १७ करोड ७० लाख २३ हजार र जगेडा कोषमा १९ करोड ३४ लाख ४६ हजार रुपैयाँ सञ्चित छ ।
बैंकमा खराब कर्जा अनुपात ०.८१ प्रतिशत, आधार दर १२.८१ प्रतिशत, कोषको लागत ८.६० प्रतिशत, कर्जा निक्षेप अनुपात ७२.८२ प्रतिशत छ ।
बैंकको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात १०.७५ गुणा छ ।