बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ४८.७२ प्रतिशतले बढेर २ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा उसले करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
समिक्षा आवधिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको तुलनामा बैंकको निक्षप संकलन ४.८० प्रतिशतले बढेको् छ भने कर्जा प्रवाह २.३१ प्रतिशतले बढेको छ।
५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ राखेको छ। बैंकको खराव कर्जा ३.९५ प्रतिशतबाट बढेर ४.०४ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा छ।