नबिल बैंकको खुद नाफा एक अर्ब माथि, पूँजी वृृद्धिले प्रतिशेयर आम्दानी घट्यो

Nov 16, 2019 12:53 PM Arun Pakhren

नबिल बैंक (NABIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ६.७६ प्रतिशत अर्थात ७ करोड ११ लाख रुपैयाँले बढी हो। गत वर्ष बैंकले एक अर्ब ५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको असोज मसानत सम्ममा बैंकले ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ। 

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ३८ करोड १३ लाख ५२४ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।

डलर अर्बपति विनोद चौधरी समेत लगानी रहेको र बैंकिङ्ग क्षेत्रको नाम चलेका अनिल शाह प्रमुख कार्यकारी अधिकृत रहेका यस बैंकको निक्षेप संकलन र कर्जा परिचालनमा समेत सुधार भएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले एक खर्ब ७२ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ३५ अर्ब ४८ करोड ९० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको निक्षेप संकलन ६.१६ प्रतिशत र कर्जा प्रवाह ६.२४ प्रतिशतले बढेको देखिन्छ।

यस अवधिमा बैंकले एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी ७ करोड ५५ लाख रुपैयाँले बढेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ८४ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी ९ अर्ब १ करोड रुपैंया रहेको बैंकको जगेडा कोषमा १० अर्ब ५७ करोड ८८ लाख रुपैयाँ संचित छ। यस्तै बैंकको रिटेन्ज्ड अर्निङ्ग ४ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पूँजी बढेसंगै प्रतिशेयर आम्दानी भने २ रुपैयाँ ४३ पैसाले घटेको छ। गत वर्षको पहिलो त्रैमास सम्ममा ५१ रुपैयाँ ३६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ९३ पैसा रहेको छ। बैंकले १२ प्रतिशत बोनस बाँडेर पूँजी बढाएको हो। बैंकको मूल्य आम्दानी अनुपात १५.५३ गुणा छ।

यस्तै पूँजीकोष अनुपात १२.२० प्रतिशत, खराब कर्जा ०.६५ प्रतिशत, आधारदर ७.९४ प्रतिशत, कोषको लागत ६.२० प्रतिशत र कर्जा निक्षेप अनुपात ७४.०९ प्रतिशत र स्प्रेडदर ४.४५ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा खराब कर्जा अनुपात र महङ्गो निक्षेप संकलन गर्दा बैंकको कोषको लागत बढेको छ भने आधारदर,कर्जा निक्षेप अनुपात र स्प्रेडदरमा भने घटेको छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।