स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा करिब चार करोडले बढ्यो

Nov 16, 2019 03:19 PM Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६४ करोड ४१ लाख रुपैंया खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको खुद नाफा ६.२८ प्रतिशतले अर्थात ३ करोड ८२ लाख रुपैयाँले बढी हो।

गत आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ४९ करोड ४ लाख रुपैयाँ छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल १५ करोड ३६ लाख ४० हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड कायम भएको हो।

यस अवधिमा बैंकले ७५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्षको यहि अवधिको तुलनामा बैंकको निक्षेप संकलन बढेपनि कर्जा परिचालन भने घटेको छ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५३ अर्ब ९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

बैंकको खुद व्याज आम्दानी १०.८२ प्रतिशतले बढेर ९३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा ८४ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १० करोड रुपैंया सञ्चित छ। यस्तै दुई अर्ब ४३ करोड ७६ लाख रुपैयाँ रिटेन्ड अर्निङ्ग रहेको छ। 

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात १७.८२ गुणा छ। बैंकको खराब कर्जा अनुपातमा सुधार भएको छ। गत वर्ष ०.२१ प्रतिशत रहेको खराब कर्जा अनुपात ०.१८ प्रतिशतमा झरेको छ। 

यस्तै बैंकको पूँजीकोष अनुपात १९.४४ प्रतिशत, आधारदर ७.६३ प्रतिशत, कोषको लागत ५.३२ प्रतिशत र कर्जा निक्षेप अनुपात ६९.९३ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।