एनसीसी बैंकको खुद नाफामा २० प्रतिशत गिरावट

Nov 16, 2019 03:52 PM Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको खुद नाफा २०.१६ प्रतिशतले बटेको वित्तीय विवरण प्रकाशित गरेको हो।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको २०.१६ प्रतिशत अर्थात ८ करोड ८४ लाख रुपैयाँले कम हो। गत बर्षको पहिलो त्रैमासमा बैंकले ४२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिका बैंकको वितरण योग्य नाफा १० करोड २९ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल २३ करोड ७४ लाख ४२ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफा १० करोड २९ लाख कायम भएको हो।

यस अवधिमा बैंकले ६६ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ। गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप एक अर्ब एक करोडले घटेपनि कर्जा परिचालन भने २ अर्ब ७ करोड रुपैयाँ बढाएको छ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले ६७ अर्ब ३ करोड निक्षेप संकलन गरी ६१ अर्ब १३ करोड रुपैयाा कर्जा परिचालन गरेको थियो ।

चुक्ता पूँजी ८ अर्ब १३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७६ करोड रुपैयाँ संचित छ भने रिटेन्ड अर्निकङ्ग एक अर्ब ७२ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा, प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ३० पैसा, खराव कर्जा २.८७ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.७१ गुणा बढी छ ।

यस्तै बैंकको पूँजी कोष अनुपात १३.२ण् प्रतिशत, आधार ब्याजदर १०.७७ प्रतिशत, कोषको लागत ७.५३ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.८६ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।