युनाइटेड इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा दुबैमा सुधार

Nov 17, 2019 10:10 AM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क र खुद नाफा दुबैमा सुधार गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। इन्स्योरेन्सले खुद बीमा शुल्क ८.६८ प्रतिशतले बढाउँदा खुद नाफा पनि १४.६६ प्रतिशतले सुधार गरेको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १ करोड २८ लाख खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६ लाख ४० कारेड रुपैयाँ अर्थात १४.६६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, इन्स्योरेन्सको खुद बीमा शुल्क पनि ६७ लाख ८९ हजार रुपैयाँले बढेर ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ७ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले यस अवधिमा पुर्नबीमा कमिशनबाट २ करोड ३३ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ५२ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा ६ करोड ६९ लाख रुपैया, बीमा कोषमा ३३ करोड २५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात १५.६२ गुणा बढी छ।

इन्स्योरेन्सले यस अवधिसम्ममा २३ हजार ५३२ बीमालेख जारी गरि १८ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। ४८३ वटा दाबी वापत ४ करोड ४४ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ।

यस्तै एक हजार ८१८ वटा दाबी वापत ३० करोड ३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । यस अवधिमा इन्स्योरेन्सको ८ हजार ९१७ बीमाले नवीकरण भएका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।