लुम्बिनी जनरलको आम्दानी खुम्चिँदा खुद नाफा १०% घट्यो,५७ करोड दाबी भुक्तानी बाँकी

Nov 17, 2019 11:31 AM Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १० प्रतिशतले घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। इन्स्योरेन्सको खुद बीमा शुल्क सहित अन्य आम्दानीमा गिरावट आएसँगै नाफा घटेको हो।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्ले ३ करोड ७४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १०.५२ अर्थात ४४ लाख रुपैयाँले कम हो। गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद बीमा शुल्क ७.७५ प्रतिशतले घटेर १९ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको यहि अवधिका इन्स्योरेन्सले खुद बीमा शुल्क २१ करोड २ लाख रुपैयाँ आर्जन गरेको थियो।

यस्तै कम्पनीको पुर्नबीमा कमिशन आय ३ करोड २१ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसबाट प्राप्त हुने रकम पनि गत आर्थिक वर्षको तुलनामा घटेको छ।

चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले २० प्रतिशत अर्थात १७ करोड ६० लाख रुपैयाँ हकप्रद जारी गरी एक अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ।

इन्स्योरेन्सको बीमा कोषमा ५८ करोड ८५ लाख र जगेडा कोषमा २८ करोड १७ लाख र महा विपत्ती कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा ३० हजार २८४ वटा बीमालेख जारी गरी कम्पनीले कुल ३१ करोड ७४ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । इन्स्योरेन्सले १ हजार २२१ वटा दाबी वापत १७ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार ८५४ वटा दाबी वापत ५७ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात १८.६७ गुणा बढी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।