कामना सेवाको अधिकांश सूचकमा उल्लेख्य सुधार, वितरण योग्य मुनाफा भने ऋणात्मक

Nov 17, 2019 12:16 PM Merolagani

कामना सेवा विकास बैंक (KSBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश सूचकमा उल्लेख्य सुधार भएको वित्तीय विवरण प्रकाशित गरेको छ। सो अवधिसम्ममा बैंकले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ५८ लाख बढी हो।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसंगै निष्क्रिय कर्जा घटेका कारण नाफामा बढेको हो।

बैंकको नाफामा उल्लेख्य सुधार भएपनि वितरण योग्य मुनाफा भने ९८ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले नियामकीय जगेडामा २ करोड ४५ लाख रुपैयाँ सञ्चित गर्नु परेका कारण वितरण योग्य मुनाफा ऋणात्मक भएको हो।

२ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको यस बैंकले जगेडा कोषमा ५२ करोड ५९ लाख रुपैयाँ र शेयरधनी कोषमा ३३ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ। बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८१ पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात ४७.९५ गुणा रहेको छ।

असोज मसान्तसम्ममा बैंकले २५ अर्ब ४८ करोड ४६ लाख निक्षेप सङ्कलन गरी २१ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यस बापत बैंकले २५ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ११ करोड ११ लाख बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २ करोड २४ लाख बढेर २ करोड ६२ लाख पुगेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा घटेर १.६१ प्रतिशत कायम भएको छ। बैंकको आधारदर ११.८६ प्रतिशत रहेको छ भने स्प्रेडदर ५.३८ प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।