प्रथम त्रैमासका आधारमा कुन बैंकको शेयरमा लगानी उचित ? यस्तो छ मूल्य आम्दानी अनुपात

Nov 17, 2019 10:59 AM Merolagani

चालु आर्थिक वर्षको प्रथम चौमास सकिँदा सबै वाणिज्य बैंकले प्रथम त्रैमासिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन्। तीन महिनाको मुनाफाको आधारमा कुन वाणिज्य बैंकको शेयर लगानीका लागि कति उचित छ त ? हेरौं ।

प्रथम त्रैमासमा बैंकहरुले आफ्नो चुक्ता पूँजी अनुसार कमाएको नाफा र कार्तिक २८ गतेको शेयरमूल्यलाई हेर्ने हो भने यस्तो देखिन्छ परिदृश्य।

२८ वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सूचीकृत छैन। अन्य २७ बैंकको एक शेयरले गरेको कमाई र बैंकको एक कित्ता खरीद गर्न लाग्ने मूल्यलाई दाँजेर हेर्ने हो भने सेञ्चुरी बैंकको शेयर लगानीका लागि सबैभन्दा सस्तो रहेको देखिन्छ।

सेञ्चुरी बैंकले चालु आवको प्रथम त्रैमासमा वार्षिक १७ रुपैयाँ ६० पैसा प्रतिशेयर आम्दानी आर्जन गरेको छ। यस आधारमा बैंकको शेयरमूल्य ८.८१ गुणा मात्र महङ्गो रहेको देखिन्छ।

प्रभु बैंक, एनआईसी एशिया र प्राइम कमर्सियल बैंकको मूल्य आम्दानी अनुपात पनि १० गुणाभन्दा कम छ। यसको मतलब बैंकको एक कित्ता शेयरको मूल्य सो शेयरले गर्ने कमाईको करिब १० गुणा ज्यादा छ भन्ने हो। यस अवधिमा प्रभु बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३६ पैसा, एनआईसी एशियाको ४१ रुपैयाँ ५२ पैसा र प्राइम कमर्सियल बैंकको २७ रुपैयाँ २४ पैसा रहेको छ।

नेप्सेमा सूचीकृत बैंकमध्ये सिभिल बैंकको शेयरमूल्य महङ्गो देखिएको छ। बैंकको आम्दानीको तुलनामा शेयरमूल्य १९.४४ गुणा महङ्गो रहेको छ। चालु आवको प्रथम त्रैमासमा बैंकहरुमध्ये सबैभन्दा कम १५ करोड ८९ लाख खुद नाफा कमाएको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ २० पैसा मात्र रहेको छ।

यसैगरि नेपाल एसबिआई बैंकको शेयरमूल्य पनि दोस्रो ठूलो महङ्गो देखिएको छ। प्रथम त्रैमासमा बैंकको मूल्य आम्दानी अनुपात पनि सिभिल बैंकको सरह १९.४४ गुणा रहेको छ। ४३ करोड ७२ लाख खुद मुनाफा कमाएको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा छ।

२८ वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सूचीकृत नरहेकाले बैंकको शेयरमूल्य नहुँदा धेरै मुनाफा आर्जन गरेर सबैभन्दा धेरै प्रतिशेयर आम्दानी कायम गरेपनि समाचारमा समेटिएको छैन।

(नोट:उल्लेखित समाचार सामाग्री बैंकहरुको चुक्ता पूँजीको आधारमा निर्धारण भएको प्रतिशेयर आम्दानी र शेयरमूल्यलाई आधार मानेर तयार गरिएको हो। समाचारको आधारमा नै लगानीबाट प्राप्त हुने मुनाफा भने सुनिश्चितता हुँदैन। त्यसका लागि अन्य धेरै सूचकहरु समेत सम्बन्धित रहने भएकाले लगानीकर्ताले आफ्नै स्वविवेकका आधारमा लगानी गर्नु श्रेयकर हुन्छ।)

सूचीकृत नरहेको राष्ट्रिय वाणिज्य बैंकलाई छाड्ने हो भने वार्षिक प्रतिशेयर आम्दानीमा पहिलो त्रैमासमा अर्ब बढी नापफा कमाएका अन्य दुई नबिल र एनआईसी एशिया अगाडि देखिएका छन्। नबिल बैंकको वार्षिक इपिएस ४९ रुपैयाँ ८४ पैसा रहेको छ भने एनआईसी एशियाको ४१ रुपैयाँ ५२ पैसा रहेको छ।

चालु आवको प्रथम त्रैमासमा बैंकिङ्ग प्रणालीको औसत वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा कायम भएको छ। जसमध्ये १२ बैंकको इपिएस औसतभन्दा माथि छ भने १६ बैंकको औसतभन्दा तल रहेको छ।

चालु आवको प्रथम त्रैमासमा २८ वाणिज्य बैंकहरुले १६ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमध्ये राष्ट्रिय वाणिज्य बैंक, नबिल र एनआईसी एशियाको मुनाफा अर्बभन्दा धेरै रहेको छ भने सिभिल बैंकको सबैभन्दा कम करिब १६ करोड रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।