महालक्ष्मी विकास बैंकको नाफामा सामान्य सुधार

Nov 17, 2019 05:05 PM Merolagani

महालक्ष्मी विकास बैंक(MBBL)ले चालु आर्थिक वषले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सामान्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको तीन महिना आधिमा १० करोड ६८ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्षको तुलनामा बैंकको खुद नाफा १.१२ प्रतिशतले सुधार भएको हो । गत आवको यसै अवधिमा बैंकले १० करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी तीन अर्ब ७ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ३४ करोड ३५ लाख रुपैयाँ, शेयरधनी कोषमा ६ करोड २० रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा ३३ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २७ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

त्यस्तै यस अवधिमा बैंकको सञ्चालन नाफामा २९ लाख रुपैयाँले गिरावट आएको देखिन्छ। बैंकको सञ्चालन नाफा १५ करोड तीन लाख रुपैयाँ छ। गत वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १५ कोरोड ३२ लाख रुपैयाँ थियो।

यस अवधिमा बैंकले ४० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १५ करोड १२ लाख रुपैयाँले बढोत्तरी भएको हो। गत वर्षको यसै अवधिमा बैंकले २५ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकमा निष्कृय कर्जा अनुपात २.८५ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९२ पैसा छ। महालक्ष्मी विकास बैंकले ८ प्रतिशतले पूँजी वृद्धि गरेपनि सो अनुपातमा नाफा बढ्न नसक्दा इपिएसमा दबाब परेको हो। बैंकको  प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७५ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।