एनआईसी एशिया बैंकले बाँकी लाभांश लिन बोलायो

Nov 17, 2019 12:24 PM Merolagani

एनआईसी एशिया बैंक (NICA) ले विगतका वर्षहरुमा वितरण गरेको लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुलाई यथाशिघ्र बुझिलिन आग्रह गरेको छ।

बैंकले लाभांश रकमको पूर्जी एनआईसी एशिया क्यापिटलबाट प्राप्त गरी आफ्नो खातामा जम्मा गर्न आग्रह गरेको हो। 

साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरु समेत सो पूर्जी आफ्नो बैंक खातामा जम्मा गर्न आग्रह गरेको छ । लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम बैंकले सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र आफ्नो शेयर डिम्याट गराउन समेत सम्पूर्ण शेयरधनीहरुलाई अनुरोध गरेको छ ।

बैंकले हाल मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत १८ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।