प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपनि ४०% ले नाफा बढ्यो, झण्डै दुई अर्ब दाबी भुक्तानी गर्न बाँकी

Nov 17, 2019 01:43 PM Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७८ लाख खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४०.२९ प्रतिशत अर्थात एक करोड ६६ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड १२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो।

लगानी, कर्जा तथा अन्य आम्दानीमा वृद्धि र त्रैमासिकको सुरुको भुक्तानी हुन बाँकी दाबी बापतको व्यवस्था बढेपछि कम्पनीको नाफामा सुधार देखिएको हो ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सले २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ६ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस्तै, कम्पनी पुनर्बीमा कमिशन आयबाट ५ करोड ५४ लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सले असोज मसान्तसम्ममा एक हजार ८२९ दाबी वापत २४ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ५ हजार ८४ दाबी वापत एक अर्ब ८५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

एक अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १९ करोड ८६ लाख रुपैयाँ, बीमा कोषमा ५२ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ८७ लाख रुपैयाँ छ।

कम्पनीले ४९ हजार ४३३ बीमालेख जारी गरी ४३ करोड ८ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा कम्पनीको २ हजार ४४७ बीमालेखहरु नवीकरण भएका छन्।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१.५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ १२ पैसा र मुल्य आम्दानी अनुपात २३.०४ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।