शेयर स्वाप अनुपात नमिलेपछि सम्झौता गरेका दुई लघुवित्तको मर्जर भङ्ग

Nov 17, 2019 02:16 PM merolagani

मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता गरेको विजय लघुवित्त (VLBS) र स्वेडा लघुवित्तको बिचमा शेयर स्वाप अनुपात नमिल्दा मर्जर प्रकृया भङ्ग भएको छ। 

 मर्जरको लागि प्रारम्भिक स्वीकृती पाएका यी दुई कम्पनीहरुलाई तीन महिनाभित्र प्राप्ति समाहितको कार्य सक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो। लघुवित्त कम्पनीहरुबिच शेयर स्वाप अनुपात नमिल्दा मर्जर तथा एक्वीजिसिन प्रकृया भङ्ग भएको हो। 

विजय लघुवित्तले गत असार २६ गते स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो। सम्झौता भएको ४ महिनापछि कार्तिक २९ गते बसको संचालक समितिको बैठकले स्वेडालाई प्राप्ति गर्ने निर्णय भङ्ग गरेको हो।

हाल विजय लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख र स्वेडाको चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ छ।

नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले ३६ जिल्लामा र धादिङ्गको धार्केमा केन्द्रीय कार्यालय रहेको स्वेडाले ११ जिल्लामा सेवा दिँदै आएका छन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।