इन्स्योरेन्सले यस अवधिमा ३३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २ करोड ६४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ६ करोड २० लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ।
एक अर्ब १७ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड ७६ लाख रुपैयाँ, बीमा कोषमा ६४ करोड ५० लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ६ लाख रुपैयाँ संचित छ।
६८ हजार ४५५ वटा बीमा लेख जारी गरेको कम्पनीले यस अवधिसम्ममा ५६ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। समीक्षा अवधिमा कम्पनीले ९७५ वटा दाबी वापत १५ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ४४९ वटा दाबी वापत ३९ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात १५.७८ गुणा बढी छ।