शिवम् सिमेन्टमा किन्ने नहुँदा साल्ट ट्रेडिङ्गमा बिक्री गर्ने शुन्य

Nov 17, 2019 02:22 PM Merolagani

आइतबार शेयर बजारमा कारोबारमा आएका दुई कम्पनीमा शिवम् सिमेन्टमा खरीदकर्ता नभई खरीद अर्डरको भित्ता खाली हुँदा उता  साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमा भने बिक्री गर्नेहरुको भित्ता खाली देखिएको छ।

चालु आवको प्रथा त्रैमास अवधिमा आफ्नो खुद मुनाफामा उलेख्य गिरावट आएपछि साताको पहिलो दिन आइतबार शिवम् सिमेन्टमा खरीद गर्नेहरु भेट्न मुस्किल भएको हो ।

गत आवको प्रथम त्रैमासमा ३७ करोड १४ लाख मुनाफा आर्जन गरेको यस सिमेन्टले चालु आवको प्रथम त्रैमास अवधिमा १९ करोड ८६ लाख मात्र कमाएको थियो। उसको सिमेन्ट बिक्री  २ अर्ब ७२ करोडबाट घटेर  दुई अर्बमा खुम्चिएको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ १८ पैसाबाट घटेर १८ रुपैयाँ ६ पैसामा झरेको छ ।

कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर प्रतिकित्ता ४८ रुपैयाँ घटेर ४३३ मा झर्दा समेत सो मूल्यमा खरीद गर्न चाहेका छैनन्। यहि मूल्यमा कम्पनीको एक हजार कित्ता बढी शेयर बिक्रीका लागि राखिएको छ भने कूल १६ हजार बढी कित्ताका लागि राखिएको छ। कारोबारको तीन घण्टा अवधिमा कम्पनीको ८९ हजार कित्ता शेयर ३ करोड ९५ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्।

उता पछिल्लो केही दिनयता साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर कर्नरिङ्ग हुँदा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लाग्दै आएको छ। कम्पनीको शेयर सीमित व्यक्तिहरुसँग मात्र रहेकाले १० कित्ता दरले शेयरमूलय बढाउने क्रम सुरु भएको छ। कम्पनीको कूल सूचीकृत शेयर जम्मा १५ लाख ३५ हजार कित्ता मात्र रहेको छ ।

कम्पनीको शेयरमूल्य दैनिक जसो बढेको बढ्यै भएपछि आइतबार ४९ हजार बढी कित्ताका लागि शेयर माग रहेको छ । तर नेप्सेको मार्केट डेप्थमा बिक्रीकर्ता नुहँदा भित्ता खाली रहेको छ। खरीड अर्डपछि मात्र भरिभराउ देखिँछ ।

आइतबार ९४३ रुपैयाँमा कारोबार खुलेको यस कम्पनीको शेयरमूल्य आइतबार मात्रै ९४ रुपैयाँ बढेर १ हजार ३७ रुपैयाँ पुगेको छ। कारोबारको तीन घण्टा अवधिमा कम्पनीको ५० कित्ता शेयर ४९ हजार ९५० कित्ता शेयर कारोबार भएको छ । यस कम्पनीको शेयरको बिक्री ४३ नम्बर ब्रोकरबाट मात्र भएको देखिन्छ।

 

 

निश्चित शेयरधनी रहेकाले कम्पनीको शेयर कारोबार अनियमित हुने गरेकोमा पछिल्लो समयमा भने एकै दिन करोड माथिको समेत खरीद बिक्री हुन थालेको छ। 

यसअघि साउन १५ गते साल्ट ट्रेडिङ्ग कर्पोरेशनको प्रतिकित्ता ४९३ मा कारोबार भएको थियो। यसबीचमा कम्पनीको शेयरमूल्य ५४४ रुपैयाँ अर्थात ११० प्रतिशतले बढोत्तरी भएको देखिन्छ।

सरकारी स्वामित्वको भएपनि धितोपत्र बजारमा नियामक निकाय नहुँदा कम्पनीले आफ्ना प्रगति विवरण समेत प्रकाशन गर्ने गरेको छैन। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।