प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमा शुल्क घटेसँगै नाफा पनि प्रभावित

Nov 17, 2019 03:42 PM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को खुद बीमा शुल्क घटेसँगै नाफा समेत घटेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सको एक करोड ३५ लाख रुपैयाँले घट्दा खुद नाफा १९ लाख ५३ हजार रुपैयाँले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यहि अवधिको तुलनामा १९ लाख ५३ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिका इन्स्योरेन्सको खुद बीमा शुल्क एक करोड ३५ लाख रुपैयाँले घटेर १२ करोड ४१ लाख रुपैयाँमा सिमित भएको छ। गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १३ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो।

यस्तै इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ६ करोड ३१ लाख, लगानी कर्जा तथा अन्यआयबाट एक करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २० करोड ६१ लाख रुपैयाँ, बीमा कोषमा ४७ करोड ९० लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ३४ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले यस अवधि सम्ममा २७ हजार ८७८ वटा बीमालेख जारी गरी ३३ करोड ५२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ।

यस अवधिमा कम्पनीले एक हजार ४६१ दाबी वापत २८ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ९५४ दाबीवापत अझै ५३ करोड ९२ लाख रुपैयाँको भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५० पैसा, प्रतिनेटवर्थ २१३ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २३.४८ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।