प्राइमसँग बेचिन लागेको कैलाशको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा कायम

Nov 17, 2019 03:34 PM Merolagani

प्राइम कमर्सियल बैंकसँग बेचिने (एक्वीजिशन) सम्झौता गरेको कैलाश विकास बैंक(KBBL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको छ। बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा कायम भएको छ। गत आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ १६ पैसा कायम भएको थियो।

१७ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको तुलनामा बैंकको खुद नाफा ५६ लाख रुपैयाँ अर्थात ३.४० प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्ष यसै अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा बैंकले ३८ करोड ५५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्यान आम्दानी ४ करोड २२ लाख रुपैयाँले वृद्धि भएको हो। गत चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ३४ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी दुई अर्ब ५२ करोड ६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८० करोड ५२ लाख रुपैयाँ, शेयरधनी कोषमा ६२ करोड ३२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा २७ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २७ अर्ब २२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको निष्कृय कर्जा अनुपात भने ०.३१ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैंया ६७ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।