आईएमई जनरलको खुद नाफा र बीमा शुल्क दुबैमा सुधार

Nov 17, 2019 03:38 PM Merolagani

आईएमई जनरल इन्स्योरेन्स (IGI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १३ लाख २२ हजार रुपैयाँले बढी हो।

गत वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१६ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४ करोड १५ लाख रुपैयाँले बढी हो। गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १२ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस्तै पुर्नबीमा कमिशन वापत ३ करोड ८७ लाख, लगानी कर्जा तथा अन्य आयवाट ८७ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ८१ लाख रुपैयाँ, बीमा कोषमा २६ करोड २ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले २५ हजार २९३ वटा बीमालेख जारी गरी ३३ करोड २९ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको २ हजार १४८ बीमालेख नवीकरण भएका छन्।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात २६.९५ गुणा बढी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।