बिग मर्जरले मूर्त रुप लिँदै

Nov 18, 2019 09:47 AM Merolagani

केन्द्रीय बैंकको वाणिज्य बैंकहरुको संख्या घटाउने उदेश्यलाई साथ दिन सुरुवातमा नै सम्झौता गरेका ग्लोबल आइएमई र जनता बैंकले आज साधारण सभाबाट बिग मर्जरलाई मूर्त रुप दिने भएका छन्।

एक अर्कोमा मर्जर प्रकृयामा जाने प्रस्ताव सहित गत आवको मुनाफाबाट सञ्चालक समितिबाट प्रस्ताव गरिएको लाभांश पारित गराउन दुबै बैंकले मंसिर २ गते (आज) छुट्टा छुट्टै स्थानमा बिहान १० बजे सभा आह्वान गरेका छन्।

ग्लोबल आइएमई बैंकले प्रज्ञा प्रतिष्ठान कमलादी र जनता बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा बोलाएका हुन्। साधारण सभामा दुबै बैंकल मर्जर सम्बन्धि प्रकृयालाई अन्तिम रुप दिनेगरी विशेष प्रस्ताव लैजाँदैछन्। बाँकी कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेछन्।

संयुक्त मर्जर समिति तथा दुबै बैंकको सञ्चालक समितिले पारित गरेअनुसार शेयर आदान–प्रदान अनुपात (१ बराबर ०.८५) पारित गर्ने भएका हुन्।

ग्लोबल आइएमई बैंक (GBIME) ले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँबाट बढाएर २५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत सभामा लैजादैँछ। यसका साथै बैंकले १२.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद गरि कूल २५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

मर्जर पश्चात बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहिअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ। साथै मर्जर प्रकृयाको लागि कुनै कार्य गर्नु परेमा सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

त्यसैगरी, जनता बैंक (JBNL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।

दुई बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले असोज ८ गते सैद्धान्तिक स्वीकृति दिएको थियो। बैंकले सभामा मर्जरपश्चात बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक लिमिटेड र केन्द्रीय कार्यालय कमलादी, काठमाण्डौमा रहनेगरी स्वीकृति प्रदान गर्ने प्रस्ताव लैजादैँछ।

मर्जर सम्झौता पश्चात दुबै बैंकको असार २२ गतेदेखि शेयर कारोबार रोक्का छ। त्यसैले सो भन्दा अघि कारोबार भई जनता जनता बैंकको कार्तिक १४ गते र ग्लोबल आइएमई बैंकको कार्तिक २० गतेसम्म शेयर नामसारी गरी बैंकको क्यापिटलमा रहेको बैंकको शेयरधनी दर्ता किताबमा कायम लगानीकर्ताले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।