सहारा विकास बैंक खर्च नियन्त्रण गर्दै नाफा बढाउन सफल

Nov 18, 2019 09:44 AM Merolagani

सहारा विकास बैंक (SHBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खर्च नियन्त्रण गर्दै नाफा बढाउन सफल भएको छ। बैंकले सो अवधिमा खुद ब्याज आम्दानी बढाउन र अन्य सञ्चालन खर्च घटाउन सफल भएपछि नाफा बढेको हो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २४ लाख ३ हजार खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ लाख ४८ हजार ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ करोड ३ लाख ७२ हजार बढेर १६ करोड ३३ लाख ६६ हजार पुगेको छ। त्यसैगरी, बैंकको जगेडा कोष २ करोड १ लाख ५४ हजार बढेर ७ करोड २९ लाख पुगेको छ।

बैंकले असोज मसान्तसम्ममा ८४ करोड ५८ लाख ६६ हजार निक्षेप सङ्कलन गरी ६५ करोड २२ लाख कर्जा प्रवाह गरेको छ। यसबापत बैंकले ९९ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४० लाख ३८ हजार बढी हो।

गत आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा २ लाख ३३ हजार ऋणात्मक रहेको बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको यसै अवधिमा २४ लाख ३ हजार धनात्मक भएको छ। बैंकले समीक्षा अवधिमा अन्य सञ्चालन खर्च २६ लाख ३८ हजार घटाउन सफल भएका कारण सञ्चालन मुनाफा धनात्मक भएको हो।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२० प्रतिशतबाट घटेर ०.६२ प्रतिशतमा सीमित भएको छ। बैंकले असोज मसान्तसम्ममा १५ लाख ५९ हजार रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको छ।

सो अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६५ पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात ३८.१६ गुणा रहेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।