राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीबाट करिब ४ अर्ब आन्तरिक ऋण उठाउने

Nov 18, 2019 10:39 AM Merolagani

नेपाल राष्ट्र बैंकले सरकारका लागि चाहिने आन्तरिक ऋण परिचालनका लागि मंसिर २ गते सोमबार तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ।

केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो। 

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँ र १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ १८२ दिन अवधिको लागि बिक्री गर्न लागेको हो।

बैंकले बिक्री गर्न लागेको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी फागुन ६ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको २०७७ जेठ ६ गते परिपक्व हुनेछ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

मंसिर ३ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले यसअघि कार्तिक २५ गते पनि २ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो। जसमा ९१ दिन अवधिको १० करोडको ट्रेजरी बिलमा ३.२०१४ डिस्काउन्ट दर कायम भएको थियो भने १८२ दिन अवधिको २ अर्बको ट्रेजरी बिलमा ४.१६०२ डिस्काउन्टदर कायम भएको थियो।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।