सोमबार छापावाला सुन अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुन भदौ १८ गते हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
मंसिर लागेसँगै सुनचाँदीको भाउ घट्दा ग्राहकलाई भने केहि राहत हुने भएको छ। मंसिर विवाह तथा ब्रतबन्ध जस्ता कार्यको लागि सुनको उपभोग अत्याधिक हुने हुँदा यसै समयमा सुनको भाउमा केहि गिरावट आँउदा उपभोक्तालाई केहि सहज हुने भएको हो।
पछिल्लो समय सुनको कारोबार भने धेरै निराशजनक नरहेको व्यवसायीहरु बताउछन्।
यस दिन सुनसँगै चाँदीको भाउ पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन आइतबार चाँदी प्रतितोला ८५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।