पूर्णिमा र भार्गवलाई प्राप्ती गरेको शाइन रेसुङ्गाले यस्तो गर्यो प्रगति

Nov 18, 2019 12:16 PM Merolagani

पूर्णिमा र भार्गव विकास बैंकलाई आफुमा गाभेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३२.३८ प्रतिशले बढाएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो। बैंकको खुद ब्याज आम्दानी २० करोड १३ लाख रुपैयाँबाट बढेर ३२ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले २६ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकले जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ राखेको छ। बैंकको खराव कर्जा ०.४५ प्रतिशत छ।

प्रतिशेयर आम्दानी १९ रुपैयाँ १२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात १३.२३ गुणा छ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असोज २७ गते सोमबारदेखि पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार थालेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।