गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा इन्स्योरेन्सले १६ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २.४९ प्रतिशत अर्थात ४३ लाख ४५ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १७ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
इन्स्योरेन्सको खुद बीमा शुल्क घटेको भएपनि अन्य आम्दानीमा सुधार हुदाँ कम्पनीको नाफामा सुधार देखिएको हो।
असोज मसान्तसम्ममा इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ५ करोड ३३ लाख, लगानी कर्जा तथा अन्य आयबाट १ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ।
चुक्ता पूँजी एक अर्ब ५ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ७४ लाख रुपैयाँ, बीमा कोषमा ५८ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ६३ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिसम्ममा इन्स्योरेन्सले १८ हजार ८७१ बीमालेख जारी गरी २९ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको १३ हजार ४७ बीमालेखहरु नविकरण भएका छन्।
कम्पनीले कुल १ हजार ८८८ दाबी बापत १४ करोड १३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५०९ दाबी बापत १५ करोड ७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैंया, प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७५ गुणा बढी छ।