सनराइज बैंकको १२४ औं शाखा सप्तरीको इनरुवामा

Nov 18, 2019 12:47 PM Merolagani

सनराइज बैंक (SRBL) ले आफ्नो १२४ औं शाखा सप्तरीको इनरुवामा विस्तार गरेको छ। बैंकले ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ आइतबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकको उक्त शाखा एक कार्यक्रमका बीच नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

शखा उत्घाटन कार्यक्रममा बैंकका प्रमुख कायकारी अधिकृत जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउँदै लैजाने बताए ।

हालसम्म सनराइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु संचालन गर्ने योजना बनाएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।