लक्ष्मी बैंकको ११७ औं शाखा सुर्खेतको छिञ्चुमा

Nov 18, 2019 02:46 PM Merolagani

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा सञ्चालनमा ल्याएकोे छ। ग्रहाकलाई छिटो टछरीतो सेवा र सुविधा उपलब्ध गराउन बैंकले उक्त शाखा सञ्चालनमा ल्याएकोे हो। 

बैंकले उक्त शाखामार्फत ग्रहाकलाई वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँ शाखासहित लक्ष्मी बैंकले हाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।