शेयर बजारमा डाउन ट्रेन्ड होइन डिप्रेस्ड ट्रेन्ड चल्न थाल्यो: ब्रोकर एसोसियसन अध्यक्ष

Nov 18, 2019 03:10 PM Merolagani

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले अहिलेको शेयर बजार डाउन ट्रेन्डमा नभई डिप्रेस्ड ट्रेन्डमा चलेको बताएका छन्। काठमाण्डौमा आयोजित बैंकिङ्ग, बीमा, पूँजी बजार प्रदर्शनीमा पूँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाल्दै रानाभाटले शेयर बजार डिप्रेस्ड ट्रेन्डमा चलेको बताएका हुन्।

सूचीकृत कम्पनीहरुले नाफामूलक वित्तीय विवरण प्रकाशित गरेका छन्। यसका साथै कम्पनीहरुले अघिल्ला आर्थिक वर्षहरुभन्दा बढी लाभांश घोषणा गरेका छन्। यस्तो समयमा पनि बजारले गति नलिएका कारण लगानीकर्ताहरु डिप्रेस भएका हुन्।

अहिले राम्रा नराम्रा कम्पनीको शेयर मूल्य एकैनासले ओरालो लागेकाले डाउन ट्रेन्ड नभई शेयर बजार डिप्रेस ट्रेन्डमा चलेको रानाभाटको भनाई छ। उनले व्यङ्ग्यात्मक रुपमा भने, ‘डिप्रेसन भएका बिरामीलाई औषधी दिएर निको पारे जस्तै डिप्रेस ट्रेन्डमा चलेको बजारलाई पनि सामान्य औषधी नभई ठूलै एन्टिवायटिक औषधी दिएर निको पार्नुपर्ने हुन्छ।’

लगातार शेयर बजारले ओरालो गति समाउदा लगानीकर्ताले अर्बौँ रुपैयाँ गुमाएका छन्।

शेयर बजारलाई नै प्रमुख पेशाको रुपमा अङ्गालेर लगानी गरेका लगानीकर्ताहरु एक/एक गर्दै बजारबाट बाहिरिएको उनले बताए। साथै बजारमा देखिएका तमाम समस्यालाई सुधार गर्न शेयर बजारसँग सम्बन्धित सबैको दायित्व रहेको रानाभाटको भनाई छ।

त्यसैगरी, उक्त कार्यक्रममा नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पूँजी बजारमा देखिएका समस्यामा सम्बन्धित निकायले एक अर्कालाई दोष देखाएर समस्याबाट भाग्ने गरेको आरोप लगाइन्।

नियामक निकायले समस्यालाई समाधान गर्नुपर्नेमा लगानीकर्तालाई गैर जिम्मेवार रुपमा जवाफ दिने गरेको पोखरेलको भनाई छ। उनले भनिन्, ‘लगानीकर्ता स्वयम नियामक निकाय, धितोपत्र बोर्ड जाँदा अर्थ मन्त्रालयलाई देखाउने र अर्थ मन्त्रालय जाँदा धितोपत्र बोर्डलाई देखाउनु के यो तातो आलु हात फेराफेर मात्र हो र?’

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।