दिव्यश्वरी हाइड्रोपावरको घाटा बढ्यो, विद्युत बिक्री आम्दानी घट्यो

Nov 19, 2019 08:00 AM Merolagani

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३५ लाख ७२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १३ लाख २७ हजार घाटामा रहेको थियो।

विद्युत बिक्रीबाट आम्दानी घटेसंगै हाइड्रोपावरको घाटा बढेको हो। असोज मसान्तसम्ममा हाइड्रोपावरले विद्युत बिक्रीबाट २ करोड ७९ लाख २० हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८ लाख ४७ हजार कम हो।

गत वर्ष वर्षा याममा आएको बाढी पहिरोले आयोजनामा क्षती भई उत्पादनमा ह्रास आएको कम्पनीले जनाएको छ। यसको मर्मत सभांर गरी पूर्ण क्षमतामा उत्पादन गर्ने कार्य अघि बढाइसकिएको कम्पनीले बताएको छ। यसका साथै नदीमा जल प्रवाह कम भएका कारण पनि विद्युत उत्पादनमा समेत असर पर्न सक्ने कम्पनीले जनाएको छ।

वर्षा याममा ३३ के.भि. प्रसारण लाइनमा जडी क्षमता पठाउँदा भोल्टेज बढी भई ट्रिप हुन गई विद्युत उत्पादनमा कमी भइरहेको कम्पनीले जनाएको छ। सो समस्या समाधान गर्न सञ्चालक समीतिले सम्बन्धित निकायमा पहल गरिरहेको छ।

२६ करोड ४० लाख चुक्ता पूँजी रहेको यस हाइड्रोपावरको जगेडा कोष १३ करोड ५१ लाख २७ हजार ऋणात्मक रहेको छ।

मंसिर २ गते सोमबार दोस्रो बजारमा ५० रुपैयाँमा कारोबार भएको यस हाइड्रोपावरको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.५८ गुणा ऋणात्मक रहेको छ। हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ४८ रुपैयाँ ८१ पैसा रहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।