नेपाल इन्फ्रास्ट्रक्चरले हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै

Nov 19, 2019 09:00 AM Merolagani

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा डाकेको छ।

बैंकको साधारण सभा मंसिर २९ गते र्‍याडिसन होटलमा बेलुका ४ बजेदेखि सुरु हुनेछ। सो सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित चुक्ता पूँजी वृद्धि गरी २० अर्ब पुर्‍याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोष ९७ करोड ४८ लाख रहेको छ। बैंकले सो अवधिसम्ममा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने छ।

बैंकले कास्की जिल्लाको माछापुछ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।