Fri, Mar 29, 2024
वोमी लघुवित्त (WOMI) ले कार्तिक २१ देखि २८ सम्म बिक्रीमा ल्याएको हकप्रदमा अवितरित ६२ हजार १८३ कित्ता संस्थापक शेयरको बोलपत्र आज खुला हुँदैछ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा दिउँसो साढे बजे लिलामी शेयरको बोलपत्र खुला खुला गरिने जनाइएको छ। लघुवित्तले यसअघि असोज ६ देखि १३ गतेसम्म लिलामीमा ल्याउँदा बिक्री नभएको उक्त संस्थापक शेयर दोस्रोपटक लिलामीमा ल्याइएको हो। उक्त लिलामी शेयरमा न्यूनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि भित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने व्यवस्था रहेको थियो भने प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन खुला गरिएको थियो। लघुवित्तको साधारण शेयर नेप्सेमा नियमित कारोबार भैरहेको छ। तर संस्थापक शेयर भने नेप्सेमा साधारण शेयर जसरी खरीद बिक्री हुने गरेको छैन।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा दिउँसो साढे बजे लिलामी शेयरको बोलपत्र खुला खुला गरिने जनाइएको छ। लघुवित्तले यसअघि असोज ६ देखि १३ गतेसम्म लिलामीमा ल्याउँदा बिक्री नभएको उक्त संस्थापक शेयर दोस्रोपटक लिलामीमा ल्याइएको हो।
उक्त लिलामी शेयरमा न्यूनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि भित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने व्यवस्था रहेको थियो भने प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन खुला गरिएको थियो।
लघुवित्तको साधारण शेयर नेप्सेमा नियमित कारोबार भैरहेको छ। तर संस्थापक शेयर भने नेप्सेमा साधारण शेयर जसरी खरीद बिक्री हुने गरेको छैन।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।