नुवाकोटको बट्टारमा सम्पन्न ७ औ वार्षिक साधारण सभाले वित्तीय संस्थामा ज्ञानुकृष्ण अधिकारी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक चयन गरेको छ। सभाले अधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो।
दश प्रवद्र्धक बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।
लघुवित्तका अध्यक्ष सञ्जिब मानन्धरले संस्था सञ्चालनको छैटौं वर्षमा संस्थाले ७ अर्ब ४१ करोड ऋण लगानी गरी १५ करोड ६८ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । हाल चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरण पश्चात ८५ करोड ५१ लाख कायम भएको बताए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रादेशिक संरचना अनुसार लघुवित्तले ७७ जिल्लामै आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको बताए।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको माइक्रोफाइनान्सले हाल १११ शाखा कार्यालयमार्फत ५६ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ।