सोल्टी होटलले गर्यो लाभांश घोषणा, नगद घटाई बोनसमा जोड

Nov 19, 2019 11:02 AM Merolagani

सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। होटलले हाल कायम चुक्ता पूँजीको २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

होटलले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट पनि सोही दरमा लाभांश वितरण गरेको थियो। तर, यसपटक होटलले नगद लाभांश दर घटाई बोनस शेयरमा जोड दिएको छ।

मङ्गसिर २ गते बसेको होटलको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र ११.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट होटलले १६.३२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

सो लाभांशको प्रस्ताव पुस २४ गते नेपाल प्रज्ञा भवन, कमलादीमा हुने साधारण सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि होटलले मङ्गसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्नेछ। मङ्गसिर २४ गतेसम्म कायम शेयरधनीहरुले होटलको लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।