साधारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ, जसमा ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद लाभांश रहेको छ।
त्यसैगरी सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने, आवश्यक सहमति र सम्झौता गर्न लगायत बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने गराउने सम्बन्धमा प्रचलित कानुन बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।
त्यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत तोकिएको भन्दा बढी खर्च भएकाले उक्त खर्च अनुमोदन गर्ने, बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोहि अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादैँछ।
साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।